कर्जा सूचना केन्द्रको ३० प्रतिशत लाभांस, दश प्रतिशत नगद, २० प्रतिशत सेयर

बिजमाण्डू
२०६९ पुष २२ गते ००:०० | Jan 6, 2013

काठमाडौं । कर्जा सूचना केन्द्रले सेयरधनीलाई तीस प्रतिशत लाभांस दिने भएको छ । केन्द्रले १० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने भएको हो । केन्द्रले गतवर्ष पनि सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१.०५ प्रतिशत नगद लाभांस दिएको थियो । केन्द्रको शनिवार भएको साधारणसभाले यो वर्ष प्रस्तावित लाभांस पारित गरेको हो । साधरणसभाले अधिकृत पुँजी १० करोडबाट १५ करोड पु¥याउने निर्णय समेत गरेको छ । कम्पनीको खुद नाफा ५ करोड ६० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढी हो ।
कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाको सिफारिशमा कालोसूची बनाउने गर्दछ । कर्जा सूचना केन्द्र नेपाल राष्ट्र बैंकको दश प्रतिशत सेयर र बैंक तथा वित्तीय संस्थाको ९० प्रतिशत सेयर हिस्सेदारी छ । केन्द्रमा राष्ट्र बैंकसहित ६४ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । केन्द्रले अहिलेसम्म तीन हजार व्याक्तिलाई कालोसूचीमा राखेको छ । केन्द्रको कालोसूचीमा परेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न, सार्वजनिक सम्मान ग्रहण गर्न, पब्लिक लिमिटेड कम्पनीको सञ्चालक बन्न रोक लाग्छ ।

Tata
GBIME
Nepal Life