हिम इलेक्ट्रिकको सेफ्टी स्वीचसहितको रुम हिटर बजारमा

बिजमाण्डू
२०६९ पुष २२ गते ००:०० | Jan 6, 2013
हिम इलेक्ट्रिकको सेफ्टी स्वीचसहितको रुम हिटर बजारमा


काठमाडौं । हिम इलेक्ट्रोनिक्स ले बढ्दो जाडोलाई ध्यानमा राख्दै हिमस्टार इलेक्ट्रीक रुम हिटरका थप नयाँ विशेषता सहितका मोडलहरु बजारमा ल्याएको छ । विना आवाज सञ्चालन हुने यस हिटरको तापक्रम आवाश्यकता अनुसार तीन स्तरमा समायोजन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

स्वचालीतरुपमा चारै दिशा घुमाएर चल्ने हुनाले कोठाको हरेक कुनामा उत्तिकै मात्रामा तापक्रम वितरण हुन्छ । सुरक्षाको दृष्टिकोणबाट यसमा सेफ्टि स्विचको प्रयोग भएको छ जसले हिमस्टार इलेक्ट्रिक रुम हिटरमा कुनै समस्या आई परेका खण्डमा हिटरलाई स्वतः बन्द गर्ने क्षमता राख्दछ ।
यस्ता समान विशेषता बाहेक मोडल अनुसारका पृथक विशेषता पनि रहेको कम्पनीले जानकारी दिएको छ । बजारमा उपलब्ध हिमस्टार हिटरहरुमा माथिल्लो भागमा र साईडमा ह्याण्डल भएको तथा सानो ठाँउमा प्रयोग गर्नको लागि दुईवटा मात्र रड प्रयोग भएको मोडल बजारमा उपलब्ध छन्, कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।

Tata
GBIME
Nepal Life