गोर्खाको व्यवस्थापन राष्ट्र बैंकले लियो, बैंक सञ्चालकका साढु भाईलाई व्यवस्थापनको जिम्मा



२०६९ पुष १९ गते ००:००

काठमाडौं । गोर्खा विकास बैंकको जिम्मा नेपाल राष्ट्र बैंकका उपनिर्देशक विश्रुत थापाले लिएका छन् । विहिवार उनी नेतृत्वको तीन जनाको टोली गोर्खाको व्यवस्थापन सम्हाल्न पत्रसहित गएको हो । सोमवारको राष्ट्र बैंक बोर्ड बैठकले गोर्खा टेकओभर गरेको थियो । भने बुधवार राष्ट्र बैंकले थापासँगै उपनिर्देशक मुक्ति सापकोटा र सहायक निर्देशक अशोककुमार राइलाई गोर्खामा खटाउने निर्णय गरेको थियो ।

गोर्खाको व्यवस्थापन जिम्मा लिएका राइ बैंक सञ्चालक धनबहादुर राइका साढु भाइ हुन्

Tata
GBIME

राष्ट्र बैंकले गोर्खाको जिम्मा लगाउन थापालाई विकास बैंक सुपरीवेक्षण विभागबाट नियमन विभागमा मंगलवार सरुवा गरेको थियो । गोर्खा पुगेका राई गोर्खा बैंकका सञ्चालक धनप्रसाद राईका साढु भाई हुन् । उनी राष्ट्र बैंकको एमाले निकट कर्मचारी संघको केन्द्रीय सदस्य हुन् ।
सञ्चालकहरु डम्बर बम्जन, निर्मल गुरुङ र राकेश अडुकियावीचको विवादका कारण गोर्खा समस्यामा परेको थियो । वित्तीय व्यवस्थापन गर्न सक्ने अवस्थामा भए पनि राष्ट्र बैंकले हस्तक्षेप गरेर गोर्खालाई समस्याग्रस्त घोषणा गरेको थियो । गोर्खालाई समस्याग्रस्त घोषणा गरेको लामो समयसम्म पनि सुधार हुन सकेको छैन् ।
एनबी बैंकपछि निजी लगानीको बैंकमा व्यवस्थापन सम्हाल्न राष्ट्र बैंकका कर्मचारी पुगेको यो पहिलोपटक हो । यसअघि एनबी बैंकमा समस्या हुँदा महाप्रसाद अधिकारीको नेतृत्वमा तीन जनाको टोली व्यवस्थापन सम्हाल्न गएको थियो । त्यही टोलीका प्रमुख अधिकारी अहिले राष्ट्र बैंकमा डेपुटी गभर्नर छन् ।


Sunrise Bank