नक्कली प्रज्ञापनबाट मुद्रा अपचलन गर्ने ९ बैकका १५ शाखा कारवाहीमा, तीन महिना भारु कारोबारमा रोक

बिजमाण्डू
२०६९ पुष १९ गते ००:०० | Jan 3, 2013
नक्कली प्रज्ञापनबाट मुद्रा अपचलन गर्ने ९ बैकका १५ शाखा कारवाहीमा, तीन महिना भारु कारोबारमा रोक
काठमाडौं । राष्ट्र बैंकले नक्कली प्रज्ञापनपत्र बनाइ भारतीय मुद्रा अपचलन गर्ने ९ बैंकका १५ शाखालाई कारवाही गरेको छ । कारवाहीमा परेका बैंकका १५ शाखालाई तीन महिना भारतीय रुपैयाँ कारोबार गर्न रोक लगाइएको हो ।
अनियमिततामा संलग्न कर्मचारीहरुलाई कारवाही गर्न सम्वन्धित बैंकलाई निर्देशन दिएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानले गरेको अनुसन्धानमा अनियमिततामा संलग्न देखिएपछि राष्ट्र बैंकले विभागीय कारवाही गरेको हो ।
विभागले गरेको अनुसन्धानबाट १ अर्ब २४ करोड भारतीय रुपैयाँ अपचलन ९ वाणिज्य बैंक संलग्न भएको पाइएको थियो । नक्कली प्रज्ञापनपत्रमा एनआइसी, एनबी, सिटिजन्स्, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबिआइ, सिद्धार्थ, एभरेष्ट र नेपाल बैंकका शाखाहरुको संलग्नता पाइएको थियो । यि बैंकका वीरगञ्ज शाखाबाट अपचलन भएको थियो ।
 

Tata
GBIME
Nepal Life