नेप्से अझै तल झर्यो, नेपाल बैंक बादशाह बन्यो, प्रुडेन्सियल इन्सुरेन्सको २५ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०६९ पुष १७ गते ००:०० | Jan 1, 2013
नेप्से अझै तल झर्यो, नेपाल बैंक बादशाह बन्यो, प्रुडेन्सियल इन्सुरेन्सको २५ प्रतिशत बोनस सेयर


काठमाडौं । नेप्से सूचक मंगलवार पनि ३.३४ अंकले तल झरेर बजार ५३०.७९ अंकमा बन्द भएको छ । बैंकिङ्ग समूहको सूचक ५.६ अंकले तल झरेपछि त्यसको दवाव नेप्से सूचकमा पर्यो । त्यसबाहेक होटल समूह ०.७५, विकास बैंक १.७८, वित्त २.९६ र इन्सुरेन्स समूह ४.६६ अंकले तल झरेर बजार बन्द रह्यो । अवस्था प्रतिकुल भए पनि लगानीकर्ताले जलविद्युत समूहको सेयर सूचकांकमा भने हरियो बत्ती देखे । जलविद्युत समूह मंगलवार २.२८ अंकले बढेर बन्द भयो ।
नागरिक लगानी कोषको सेयर ५१ रुपैयाँले तल झरेर १४ सय रुपैयाँमा कारोवार बन्द भयो । एभरेष्ट बैंकको सेयर २१ रुपैयाँ तल झरेर १३५९ र एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल्स प्रिफरेन्स ४६ रुपैयाँ तल झरेर ७६४ रुपैयाँमा कारोवार भयो । ग्लोबल आइएमईको १५ रुपैयाँ झरेर ४१० मा, नबिल बैंक ३३ रुपैया ँझरेर १६६० मा कारोवार भयो । नबिल बैंक प्रवद्र्धक सेयर भने १८ रुपैयाँ बढेर १०३६ मा कारोवार भयो । नेपाल बैंक लिमिटेडको सेयर मूल्य बढ्ने क्रम मंगलवार पनि रोकिएन । कम्पनीको सेयर मूल्य ७७ रुपैयाँ बढेर ८५६ मा पुग्यो । निलगिरी विकास बैंकको सेयर १९ रुपैयाँले तल झरेर १६५ मा कारोवार भयो । नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ५५ रुपैयाँ तल १४७५ मा कारोवार भयो ।
प्राइम बैंकको १० रुपैयाँ कम ३२० मा, सिदार्थ बैंक १० रुपैयाँ कम ३२४ मा, स्ट्याण्डर्ड चार्टड बैंक पनि १० रुपैयाँ कम २१०५ मा कारोवार भयो । सगरमाथा इन्सुरेन्स कम्पनीको सेयर १४ रुपैयाँ घटेर ७४८ मा कारोवार भयो ।
प्रुडेन्सियलको २५ प्रतिशत बोनस सेयर
प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई बोनस सेयरको प्रस्ताव गरेको हो । कम्पनीको नेपाल स्टकमा १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता सेयर सूचीकृत छन् । बोनस सेयर घोषणापछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता नौ रुपैयाँले बढेको छ । प्रतिकित्ता १७५ रुपैयाँमा कारोवार भएको पु्रडेन्सियल इन्सुरेन्सको मंगलवारको कारोवारपछि प्रतिकित्ता १८४ रुपैयाँ पुगेको छ ।

Tata
GBIME
Nepal Life