मेगा बैंकको शाखारहित बैकिङ्ग सेवाको विस्तार, बाँकेको सीतापुर र कैलालीको चौमालामा शाखा

बिजमाण्डू
२०६९ पुष १६ गते ००:०० | Dec 31, 2012

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले बाँकेको सीतापुर र कैलालीको चौमालामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । मेगाको यो क्रमशः १७ औं र १८ औं शाखारहित सेवा हो । ‘यो सेवा विस्तार भएपछि बाँके र कैलालीका ग्रामीण क्षेत्रसम्म हाम्रो बैंकिङ सञ्जाल विस्तार हुनेछ,’मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने । यसै साता दैलेखको नौमुले, दाङको रामपुर, रुपन्देहीको दयानगर र फर्साटिकार तथा चितवनको शारदानगरमा पनि शाखारहित सेवा विस्तार गर्ने मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईंले जानकारी दिए ।

Tata
GBIME
Nepal Life