चीनको आर्थिक बृद्धि सुस्त, तीन बर्ष कै न्यून, साढे सात प्रतिशतको लक्ष्य

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012
चीनको आर्थिक बृद्धि सुस्त, तीन बर्ष कै न्यून, साढे सात प्रतिशतको लक्ष्य

वेइजिङ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक बृद्धि २०१२ को दोस्रो त्रैमासमा घटेर ७.६ प्रतिशतमा झरेको छ । यो बृद्धि पछिल्ला तीन वर्ष यता चीनको सबैभन्दा न्यून बृद्धि हो । पहिलो त्रैमासमा ८.१ प्रतिशतले भएको बृद्धि दोस्रो त्रैमासमा ०.५ प्रतिशत विन्दुले घट्नुमा अमेरिकी र युरोपेली निर्यातमा आएको कमि र आन्तरिक उपभोगमा देखिएको सुस्तता भएको बताइन्छ ।
चीन सरकारले गत मार्चमा आफुहरुको लक्ष्य ७.५ प्रतिशत आर्थिक बृद्धि भएको सार्वजनिक गरेको थियो । चीनियाँ अर्थतन्त्रले विश्व अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटने भएकोले यो सुस्तताले समग्र विश्वकै आर्थिक बृद्धिमा असर पार्न सक्छ । पछिल्ला केहि वर्ष यता चीन एसिया महादेशका विकासित तथा उदयिमान अर्थतन्त्रहरुको मुख्य व्यापार साझेदार बन्दै आएकोले चीनमा आएको सुस्तताले एशियाली अर्थतन्त्रमा झनै नकारात्मक असर पार्ने देखिन्छ ।
तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्रले गति लिन नसकेको खण्डमा यस क्षेत्रमा धेरै उत्पादकहरुलाई समस्या पर्ने विष्लेशक बताउँछन् । कोलम्बिया विश्वविद्यालयका प्रोफेसन एवं नोबल पुरस्कार विजेता अर्थशास्त्री एडमण्ड फेलेप्स, चिनियाँ अर्थतन्त्रमा सुस्तता भन्दा पनि अमेरिका र युरोजोनको समस्या विश्व अर्थतन्त्रको चुनौति भएको बताउँछन् ।
चिनिया अर्थतन्त्रमा देखिने एक प्रतिशतको सुस्तता भनेको विश्व अर्थतन्त्रका लागि ठुलो हुँदैन । त्यसमाथि पनि उसले सुस्तता हटाउने खालका विभिन्न सुधार कार्यक्रम ल्याई सकेको छ । अहिलेको मुख्य समस्या अमेरिकी र युरोपली अर्थतन्त्र हुन । आर्थिक बृद्धिलाई पुनः लयमा फर्काउनका लागि चिनियाँ केन्द्रिय बैक पिपुल्स बैंक अफ चाईनाले हालैमात्र बैकहरुले केन्द्रीय बैंकमा राख्नुपर्ने अनिवार्य मौज्दात घटाउनुका साथै व्याजदरमा समते दुई पटक कटौती गरिसकेको छ ।

Tata
GBIME
Nepal Life