मलेसियाको केके सुपर मार्टको नेपालमा शाखा विस्तार, तीन वर्षमा ५० शाखा खोल्ने योजना

बिजमाण्डू
२०६९ पुष ९ गते ००:०० | Dec 24, 2012
मलेसियाको केके सुपर मार्टको नेपालमा शाखा विस्तार, तीन वर्षमा ५० शाखा खोल्ने योजना


काठमाडौं । मलेसियाको खुद्रा बिक्रेता केके सुपर मार्टले नेपालमा शाखा विस्तारलाई तीब्रता दिएको छ  । केके र यति एयरलाइन्सको संयुक्त लगानीमा नेपालमा शाखा खोलेको हो । गत जुलाई ११मा राजधानीको बौद्धमा पहिलो शाखा खोलेको केके मार्टले लगनखेल, भैसेंपाटी र नयाँ बानेश्वरमा शाखा खोलिसकेको छ । शनिबार एक कार्यक्रमका बीच मलेसियाको पुत्रजया नगरका मेउर अशेषबिन चे माट, केके सुपर मार्टका संस्थापक डुग्लास केके चाई, मलेसिया–नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदीपकुमार कुक्रेजा, मलेसिया– नेपाल बिजनेस काउन्सिलका अध्यक्ष सुहृद घिमिरे र यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाले संयुक्त रुपमा मार्टको औपचारिक उद्घाटन गरे ।
 कम्पनीले आगामी वर्षभित्रै थप १५ वटा शाखा खोल्ने जनाएको छ । तीन वर्षभित्रै राजधानीमा ५० वटा मार्ट खोल्ने कम्पनीले जनाएको छ । केकेको मलेसियामा १ सय २५ वटा स्टोर सञ्चालनमा छन् । नेपालमा यो मार्ट साताको सातै दिन १६ घन्टा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । मलेसियामा यो मार्ट चौविसै घन्टा सञ्चालन हुन्छ । मार्टमा सुपथ मूल्यमा ३ हजार ५ सयभन्दा बढी उत्पादन उपलब्ध गराउँदै आएको छ ।
 

Tata
GBIME
Nepal Life