बोटलर्स नेपालको फेन्टाले मिस नेपाल प्रयोजन गर्ने, यसपटक बेग्लै रौनक

बिजमाण्डू
२०६९ पुष ८ गते ००:०० | Dec 23, 2012
बोटलर्स नेपालको फेन्टाले मिस नेपाल प्रयोजन गर्ने, यसपटक बेग्लै रौनक


काठमाडौ । बोटलर्स नेपालको उत्पादन फेन्टाले द हिडन टे«जरले गर्दै आएको मिस नेपाल प्रतियोगिता २०१३ को प्रायोजन गर्ने भएको छ । काठमाडौमा शुक्रवार आयोजित एक कार्यक्रममा द हिडन ट्रेजरले ‘फेन्टा मिस नेपाल–२०१३’ आयोजना हुने जानकारी गराएको थियो ।
मिस नेपाल छनोटका लागि फेन्टा फनमाण्डु नारासहित देसभरका पाँच मुख्य शहर पोखरा, बुटबल, विराटनगर, चितवन, र काठमाडौमा अडिसन आयोजना गरिने छ । पुर्वमिस नेपाल प्रतियोगिताका सबै मौलिक पक्षलाई यथावत राख्दै फेन्टाले बेग्लै रौनक थप्ने बोटलर्स नेपालले जनाएको छ ।
कार्यक्रमको सहप्रायोजन सामसुङ स्मार्ट फोन, गणपति ज्वेलर्स, सुलक्स सेन्टर, नाङ्लो बेकरी क्याफे एन्ड पव र द क्रिएटिभ फोटो सेसन स्टुडियोले गर्ने भएका छन् ।  चैत २ गते फाइनल प्रतियोगिता हुने प्रतिस्प्रधाको लागि आवेदन गर्न चाहनेले माघ १८ गतेसम्म आवेदन फर्म बुझाइसक्नु पर्ने आयोजकले जनाएको छ ।

Tata
GBIME
NLIC