अर्थ मन्त्रालयले आज आर्थिक सर्वेक्षण जारी गर्ने, संस्थान प्रगति पनि आज

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012

काठमाडौं । सरकारले बजेट अघि जारी गर्ने देशको समग्र अर्थतन्त्रको चित्र समेटिएको आर्थिक सर्वेक्षण आज आउने भएको छ । हरेक वर्ष सरकारले बजेट आउनु एक दिन अघि चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकमा आधारित रहेर आर्थिक सर्वेक्षण जारी गर्ने गर्दछ ।
सरकारले आर्थिक सर्वेक्षणसँगै सरकारी लगानीका सार्वजनिक संस्थानहरुको प्रगति विवरण पनि आज नै जारी गर्दैछ । यस पटक एक तृतीयांश खर्च गर्ने अधिकारसहितको बजेट अध्यादेश आइतवार मात्र जारी हुने हुनाले आर्थिक सर्वेक्षण शनिवार जारी गर्न लागिएकाे हेा । यस अघिका वर्षहरुमा बजेट आउनु अघिल्लो दिन आर्थिक सर्वेक्षण जारी गर्ने चलन छ ।

Tata
GBIME
Nepal Life