सगरमाथाको अदभूत तस्वीर, जुम गर्दा सगरमाथाको टुप्पोदेखि बेसक्याम्पको टेन्टसम्म देखिन्छ

बिजमाण्डू
२०६९ पुष ५ गते ००:०० | Dec 20, 2012
सगरमाथाको अदभूत तस्वीर, जुम गर्दा सगरमाथाको टुप्पोदेखि बेसक्याम्पको टेन्टसम्म देखिन्छ


अदभूत लाग्ने यो सगरमाथाको तस्वीर दुई अर्ब पिक्सेलबाट बनेको हो । तस्वीर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.dailymail.co.uk/sciencetech/article-2250676/Mount-Everest-The-incredible-interactive-BILLION-pixel-image-created-David-Breashears.html

Tata
GBIME
Nepal Life

यो तस्वीर जुम गर्दै जाँदा तपाईलाई लाग्न सक्छ तपाईं सगरमाथामा हुनुहुन्छ । ४७७ वटा तस्वीर जोडेर बनाइएको यो तस्वीर फिल्ममेकर डेबिड ब्रिसरस र गैरसरकारी संस्था ग्लेसियर वकर्सले तयार पारेको हो । यो तस्वीरले मौसम परिवर्तनले पार्ने प्रभावलाई पार्छ । यो समूहले तस्वीरको अझ सुक्ष्म तहसम्म पुग्नका लागि माइक्रोसफ्टसँग मिलेर काम गरिरहेको छ । यो समूहले सन् १९२१ यता पहिले र अहिलेको तस्वीरवीच मौसम परिवर्तनको भिन्नता देखाउने प्रयास गरेको छ ।
यो तस्वीरले हिमालयन क्षेत्रको सुन्दुरतालाई अद्भुत ढंगले देखाउँछ । डेभिडले यो तस्वीर यही वर्ष सगरमाथा नजिकको पुमोरी भिउप्वाइन्टबाट खिचेका थिए । यो तस्वीरमा खुम्बु आइसफल देख्न सकिन्छ भने एभरेष्ट बेस क्याम्पको तस्वीर पनि प्रष्टसँग हेर्न सकिन्छ । उनले तस्वीर लिनका लागि ३०० मिलिमिटरको लेन्स प्रयोग गरेका थिए । उनले खिचेका ४७७ तस्वीरलाई एक ठाउँमा जोडेर एउटा ठूलो तस्वीर बनाए । जुन तस्वीरलाई जुम इन र जुम आउट गरेर पनि हेर्न सकिन्छ । यो एउटा अविश्वसनीय कार्य हो, यसलाई दर्शकले मन पराएका छन्, जुम गरिरहेका छन्, डेभिडले डेली मेलसँग भने । हामी मौसम परिवर्तनसम्वन्धी ठूलो कथा भन्न चाहन्छौं, त्यसका लागि हामीले माइक्रोसफ्ट र रोयल जियोग्राफिकल सोसाइटीसँग काम गरिरहेका छौं, उनले भने ।

सगरमाथा पहिले र अहिलेः सन् १९२१ मा लिइएको तस्वीर र सन् २००९ मा खिचिएको तस्वीर

यो काममा व्यस्त टिमले योभन्दा अझ ठूलो तस्वीर बनाउने काममा अगाडि बढिरहेको छ, जुन तस्वीर तयार भएपछि जुम गर्दा टेन्ट भित्र मान्छेले के गरिरहेका छन् भन्ने दृष्यसमेत प्रष्ट देख्न सकिनेछ, उनले बताए । डेभिड जो आफै पनि पाँच पटकसम्म सगरमाथा आरोहण गरिसकेका छन्, उनले भने यो ठूलो तस्वीरमा हामीले सयौं तस्वीरमध्ये एउटा तस्वीरलाई छानेर काम गरेका छौं ।
हामीले यो सामान्य सोंचमा काम सुरु गरेका थियौं, तर हरेक पटक यहाँ आउँदा अझ धेरै फेला पर्यौ, उनले भने हामी हेलिकोप्टरबाट पुरै हिमालका एक लाख २० हजार तस्वीर लिने प्रयास गरिरहेका छौं । हामीले तस्वीरका लागि माइक्रोसफ्टसँग मिलेर काम गरिरहेका छौं, त्यसपछि उनीहरुले पुरानो र नयाँ तस्वीर स्वीप गरेर आफू कसरी परिवर्तन भैरहेको छु भन्ने हेर्न सक्नेछन् । यो समूहले लण्डनको रोयल जियोग्राफिकल सोसाइटीसँग पनि मिलेर काम गरिरहेको छ । यहाँबाट समूहले पहिले र अहिलेको तस्वीरमा मौसम परिवर्तनले पारेको असर देख्न सकिनेछ ।
डेभिडले आफ्नो उमेरको अधिकांस समय हिमालमा विताएका छन् । जतिवेला म २३ वर्षको थिएँ, सर एडमण्ड हिलारीले सगरमाथाबाट खिचेको तस्वीर हेरेर माउण्टेनर बन्ने चाहना राखेको थिएँ । उनी पहिलोपटक सन् १९७९ मा सगरमाथा नजिकको २२ हजार फिट अग्लो आमादब्लम चढ्न आएका थिए । फोटोग्राफीमा रुची राख्ने उनले सगरमाथाबाट लाइभ ब्रोडकास्ट गरेका थिए भने उनले आइम्याक्स फिल्म पनि तयार गरेका थिए ।