राष्ट्रपतिले दिएको चौथो पटकको अन्तिम समयसिमा सकिंदै, शीर्ष नेताहरु छलफलमा व्यस्त

बिजमाण्डू
२०६९ पुष २ गते ००:०० | Dec 17, 2012
राष्ट्रपतिले दिएको चौथो पटकको अन्तिम समयसिमा सकिंदै, शीर्ष नेताहरु छलफलमा व्यस्त

काठमाडौँ । सहमतीको प्रधानमन्त्री खोज्न राष्ट्रपति डा. रामवरण यादवले दिएको आज अन्तिम दिन दलहरु छलफलमा व्यस्त छन् । यसैलाई अन्तिम मान्न आग्रह गर्दै राष्ट्रपति यादवले चौथो पटक पाँच दिन म्याद थपेर दलहरुलाई सहमतिको प्रधानमन्त्री सिफारिश गर्न आग्रह गरेका थिए ।
सोमवार राजनीतिक सहमति जुटाउन माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा सोमवार साँझसम्म राजनीतिकसहमति जुटाउने विषयमा कुराकानी भएको थियो ।     छलफलमा राजनीतिक सङ्कटको समाधानका लागि आजै साँझ  प्रमुख दलवीच बैठक बस्ने र बैठकबाट सहमति  निकाल्ने विषयमा छलफल भएको थियो । छलफलमा राष्ट्रिय सहमतिको सरकार, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुनको व्यवस्था, विघटित संविधानसभाले पारित गरेका विषयको स्वामित्व ग्रहण, संवैधानिक निकायमा नियुक्ति, सत्य निरुपण आयोगको गठनलगायतका विषयमा केन्द्रित रहेको बताइएको छ ।

Tata
GBIME
Nepal Life