प्रधानमन्त्री खोज्न राष्ट्रपतिले दिए पाँच दिनको म्याद, अन्तिम बनाउन दलहरुलाई सुझाव

बिजमाण्डू
२०६९ मंसिर २८ गते ००:०० | Dec 13, 2012
प्रधानमन्त्री खोज्न राष्ट्रपतिले दिए पाँच दिनको म्याद, अन्तिम बनाउन दलहरुलाई सुझाव

काठमाडौं । सहमतीको प्रधानमन्त्री खोज्न राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई चौथो पटक पाँच दिनको म्याद दिएका छन् । विहिवार बिहान तीन ठूला दल र मधेशी मोर्चासँगको छलफलपछि राष्ट्रपतिले म्याद थपेका हुन् । विहिवार बिहान राष्ट्रपतिलाई भेट गर्न एकीकृत माओवादी, नेपाली काँग्रेस, एमाले र मधेशी मोर्चाका नेता शितलनिवास पुगेका थिए । यस अघि राष्ट्रपतिले दुई पटकसम्म सात/सात दिन र एकपटक छ दिनको समयसीमा दिएका थिए । शीर्ष नेताहरुलाई राष्ट्रपति यादवले चौथो पटक थपिएको म्यादलाई नै अन्तिम बनाउन सुझाव दिएका छन् । राष्ट्रपतिले आव्हान बमोजिम अब पुस दुई गतेसम्म दलहरुले प्रधानमन्त्रीका लागि साझा नाम तय गर्नुपर्दछ ।

Tata
GBIME
Nepal Life