काठमाडौ | एभरेष्ट फाइनान्स लिमिटेडले नवलपरासीको मुकुन्दपुर गाविसको हर्कपुर बजारमा शाखा खोलेको छ । सो शाखाको स्थानिय वयोवृद्ध जितबहादुर बस्नेतले उद्घाटन गरे । उद्घाटनको पहिलो दिनमै १ सय ५० जनाले खाता खोल्दा ७० लाख निक्षेप संकलन भएको कम्पनीका प्रवन्ध निर्देशक खिमबहादुर कार्कीले बताए । यो शाखाबाट सबै सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
