संकटबाट गुज्रिरहेको किंगफिसरलाई अर्को झट्का, विमान मुम्बई एयरपोर्ट बाहिर लैजान चेतावनी

बिजमाण्डू
२०६९ मंसिर १९ गते ००:०० | Dec 4, 2012
संकटबाट गुज्रिरहेको किंगफिसरलाई अर्को झट्का, विमान मुम्बई एयरपोर्ट बाहिर लैजान चेतावनी

मुम्बई । आर्थिक संकटबाट गुज्रिरहेको भारतीय हवाइ कम्पनी किंगफिसरका विमानहरु मुंबइ विमानस्थलबाट हटाइने भएको छ ।  कम्पनीले पार्किङ्ग र सञ्चालन बापतको शुल्क रकम नतिरेपछि किङ्गफिसरका विमान मुंबइ विमानस्थलबाट हटाउन लागिएको हो । कम्पनीले विमानस्थललाई २२ करोड भारतीय रुपैयाँ भुक्तानी दिन बाँकि रहेको छ । विमानस्थलको तर्फबाट कम्पनीलाई भुक्तानी नोटिस जारि भइसकेको छ । एक हप्ता भित्र भुक्तानी नगरेमा किङ्गफिसरका विमान मुम्बइ विमानस्थलबाट हटाइने छ । किङ्गफिसरको उडान अनुमतिपत्र अस्थायी रुपले रद्द भएपछि १ अक्टोवर देखि कम्पनीका विमानहरु विमानस्थलमा पार्किङ्ग गरि राखिएको छ ।

Tata
GBIME
Nepal Life