जिल्लाका बैंकलाई कार्यक्षेत्र विस्तार गर्न खुकुलो, ६० प्रतिशत निक्षेप भए क्षेत्र वढाउन पाइने

२०६९ मंसिर ११ गते ००:००

काठमाडौं । राष्ट्र बैंकले कार्यक्षेत्र विस्तार गर्ने वित्तीय संस्थाहरुलाई थप सुविधासहित नयाँ व्यवस्था गरेको छ। संस्था स्थापना हुँदा कायम रहेको चुक्ता पुँजीको ६० प्रतिशतसम्म निक्षेप संकलन गरेको वित्तीय संस्थाले कार्य क्षेत्र विस्तार गर्न पाउने छ।
यसअघि जारी पुँजीको ६० प्रतिशत निक्षेप संकलन गर्नुपर्ने व्यवस्था थियो।
'क्षेत्रीयस्तरका संस्थाहरुलाई जारी पुँजीको ६० प्रतिशत पुर्‍याउन कठिन भएकाले सुविधा दिइएको हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, 'यसबाट उनीहरुलाई कार्य क्षेत्र विस्तार गर्न सहयोग पुग्छ।'
अहिले तीन दर्जन विकास बैंकहरु क्षेत्रीय स्तरका छन्।


Sunrise Bank
TATA
GBIME