विहारमा विजुली सुधार नभएसम्म नितिश कुमारले जनतासँग भोट पनि नमाग्ने

बिजमाण्डू
२०६९ मंसिर १० गते ००:०० | Nov 25, 2012
विहारमा विजुली सुधार नभएसम्म नितिश कुमारले जनतासँग भोट पनि नमाग्ने

पटना । विहारका मुख्यमन्त्री नीतिश कुमारले विहारमा विजुलीको स्थितीमा सुधार नभएसम्म जनतासँग भोट माग्न नजाने बताएका छन् । जनता दल यूनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनको दोश्रो वर्षगाँठको अवसरमा उनले यो जानकारी दिएका हुन् । ‘म यो सार्वजनिक मञ्चमा घोषणा गर्छु । विहारमा विजुलीको स्थिती सुधार्न असफल भएमा अर्को निर्वाचनमा मतदाताको सामु भोट माग्न आउँदिन्,’ नीतिशकुमारले भने । उनले विजुली अभावकै कारण औद्योगिक लगानी आउन नसकेको बताए ।
पछिल्लो समयमा नीतिशकुमारको लालु यादब र रामविलास पासवानले विरोध गरेका छन् । नीतिशकुमारले विहारमा हरेक दिन ३५ किलोमिटर सडक बनिरहेको दावी गरे । आगामी पाँच वर्षमा ३४ हजार १ सय १४ किलोमिटर सडक निर्माण हुने उनले जानकारी दिए । उनका अनुसार २ सय ५० जनता रहेको हरेक गाउँ सडकबाट जोडिनेछ ।

Tata
GBIME
Nepal Life