किंगफिशरलाई कंगालै छाडेर माल्याले स्पोर्टस कम्पनी फोर्स इण्डियामा थपे साढे चार अर्ब लगानी

बिजमाण्डू
२०६९ मंसिर ७ गते ००:०० | Nov 22, 2012
किंगफिशरलाई कंगालै छाडेर माल्याले स्पोर्टस कम्पनी फोर्स इण्डियामा थपे साढे चार अर्ब लगानी


नयाँदिल्ली । बिजय माल्याको विमान कम्पनी किंगफिशर डुब्दै गएको छ तर मालिक भने निष्फिक्रि रुपमा खेल कम्पनीमा लगानी थप्दै गएका छन् । माल्याले हालै फोर्स इण्डियामा चार अर्ब ४० करोड भारु लगानी गरेका हुन् । मदिराका राजा भनेर चिनिने माल्याले हालै आफ्नो कम्पनी युनाइटेड स्प्रिट्सको सेयर दुई अर्ब डलरमा विक्री गरेका थिए ।

फोर्स इण्डियालाई बलियो बनाउन कम्पनीमा लगानी थपिएको माल्या नजिकका स्रोतहरुले बताएका छन् । सहारा समूहले फोर्स इण्डियाको ४२.५प्रतिशत सेयर १० करोड डलरमा खरिद गरेको थियो । माल्याले चार अर्ब ४० करोड रुपैयाँ त्यही बेला लगाएका हुन्, जतिवेला उनको विमान कम्पनीले तिव्र संकटसँग जुधिरहेको थियो ।
माल्याले २००७ मा स्पाइकर फेरारी एफ १ टीम युबि समूहको सहयोगमा खरिद गरेका थिए । यही नामबाट सन् २००८ मा माल्याले पहिलोपटक बार सर्किटमा आफ्नो टीमलाई रेसमा उतारेका थिए ।

Tata
GBIME
Nepal Life