मंसिरमै सुन महँगो भयो, मंगलवार तोलामा तीन सय रुपैयाँको वृद्धि, ६१ हजार नजिक

बिजमाण्डू
२०६९ मंसिर ५ गते ००:०० | Nov 20, 2012
मंसिरमै सुन महँगो भयो, मंगलवार तोलामा तीन सय रुपैयाँको वृद्धि, ६१ हजार नजिक

काठमाडौं । मंगलवार सुन तोलामा तीन सय रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारको लागि छापावाला सुन प्रति तोलाको ६० हजार आठ सय रुपैया तोकेको छ ।
सोमवार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ६० हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो । मंगलवार चाँदी तोलामा २० रुपैयाले बढेर प्रति तोलाको ११ सय ९० रुपैयाँमा  कारोवार भएको छ । सोमवार चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life