बजेटमा सहमति जुटेन, राष्ट्रपतिसँग दलका शीर्ष नेताको छलफल, सरकारले अध्यादेश पठाउने

बिजमाण्डू
२०६९ मंसिर ३ गते ००:०० | Nov 18, 2012
बजेटमा सहमति जुटेन, राष्ट्रपतिसँग दलका शीर्ष नेताको छलफल, सरकारले अध्यादेश पठाउने

काठमाडौँ ।  राष्ट्रपति डा. रामवरण यादवले चार राजनीतिक शक्तिका शीर्ष नेतासँग बजेटका विषयमा सहमति जुटाउन आज  गरेको छलफल सफल हुन सकेन । विपक्षी दलले पूर्ण बजेट अस्वीकार गरेपछि सहमति हुन नसकेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा माओवादी  अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजय गच्छदार सहभागी थिए । बजेटमा सहमति नजुटेपछि सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा पेश गरेको बजेटलाइ अध्यादेशका रूपमा राष्ट्रपति समक्ष सिफारिश गर्ने भएको छ । देश तीन दिनदेखि बजेटविहिन भएपछि सहमति जुटाउन राष्ट्रपतिलाई दवाव परेको हो । आइतवार सरकारले नयाँ कार्यक्रम भिकेर पुरानै कार्यक्रमसहितको बजेट अध्यादेश सिफारिश गर्दैछ ।

Tata
GBIME
Nepal Life