सुन फेरी बढ्न थाल्यो, आइतवार पाँच सय रुपैयाँ बढ्यो, नयाँ मूल्य ६० हजार पाँचसय

बिजमाण्डू
२०६९ कात्तिक २६ गते ००:०० | Nov 11, 2012

काठमाडौं । लक्ष्मी पूजाका लागि सुनको खरिदारी अन्तिम चरणमा पुग्नै लाग्दा आइतवार सुनको मूल्य पनि राम्रैसँग बढेको छ । आइतवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले प्रतितोला सुनको मूल्य ६० हजार पाँच सय रुपैयाँ तोकेको हो । चाँदी पनि आइतवार प्रतितोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११६९ रुपैयाँ पुगेको छ ।
नेपाली मुद्रासँग डलरको विनिमय दर ओरालो लागेपछि केही सस्तीएको सुन डलर उकालो लागेसँगै माथि चढेको हो । लक्ष्मी पूजाका लागि भारतमा जमेरै सुन खरिद हुने गर्दा त्यसको प्रभाव अन्तराष्ट्रिय बजारमा पनि पर्दछ । भारत सुन खपतका दृष्टिकोणले विश्वको दोस्रो ठूलो बजार हो ।
भारतको प्रभावका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ भने भारतीय मुद्राको तुलनामा अमेरिकी डलर बलियो हुँदा समेत त्यसको असर सुन बजारमा परेको छ ।

Tata
GBIME
Nepal Life