इन्फ्रास्ट्रक्चर र स्वस्तिक फाइनान्स गाभिए, चुक्ता पुँजी ८३ करोड, शाखा १२

बिजमाण्डू
२०६९ असार २६ गते ००:०० | Jul 10, 2012
इन्फ्रास्ट्रक्चर र स्वस्तिक फाइनान्स गाभिए, चुक्ता पुँजी ८३ करोड, शाखा १२

काठमाडौं । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट फाइनान्स गाभिएर मंगलबारबाट संयुक्त कारोबार थालेका छन् । मर्जरपछि पनि बैंकको नाम इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक नै राखिएको छ । बनेपाको इन्फ्रास्ट्रक्चर क्षेत्रीयस्तरको विकास बैंक हो भने फाइनान्स राष्ट्रियस्तरको हो । मर्जरपछि नयाँ बैंकले राष्ट्रियस्तरको कारोबार गर्ने छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ८३ करोड रुपैयाँ पुगेको छ ।
राजधानीको दरवार मार्गमा मूख्य कार्यालय रहेको बैंकको अहिले १२ वटा शाखा छन् । बैंकले थप ९ शाखा खोल्न राष्ट्र बैंकसँग स्वीकृति लिइसकेको छ । दुई संस्था मर्जरका लागि गत साउनमा सम्झौता भएको थियो । राष्ट्र बैंकले गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएपछि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमा विवाद भएको थियो ।
प्रमुख कार्यकारीको समेत जिम्मेवारी सम्हालेका सञ्चालक इन्द्र हुमागाईले बैंकका अध्यक्ष खेमनाथ डल्लाकोटीसँग मिलेर विवाद सिर्जना गरेका थिए । राष्ट्र बैंकमा  हुमागाईको रिपोर्टिङ पुगेपछि उनले राजिनामा दिएका थिए । २०६७ माघ १२ गते राष्ट्र बैंकले बैंकिङ कसुर गरेको भन्दै हुमागाईलगायत केहीलाई पक्राउ गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको थियो । विजिनेस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी कुञ्जविहारी कयालसँगै पक्राउ परेका हुमागाई कांग्रेसी नेता गोपाल पहाडीको सहयोगमा छुटेका थिए । उनी त्यसबेला डेभलपमेन्ट बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष थिए । खातामा पैसा नभएको चेक जारी गरेको अभियोगमा उनी पक्राउ परेका थिए । सोमबारबाटै मर्जर भएर ग्लोबल आइएमइ र माछापुच्छे« बैंकले कारोबार थालेका छन् । ग्लोबल बैंकसँग आइएमइ फाइनान्स र लर्डवुद्ध फाइनान्स गाभिएको थियो । माछापुच्छे« बैंकसँग स्टेन्डर्ड फाइनान्स गाभिएको छ ।

Tata
GBIME
Nepal Life