फोर्ड फिगो नयाँ रुपमा आयो, मूल्यमा पनि ठूलै वृद्धि, अब १८ लाखदेखि २८ लाखसम्म

बिजमाण्डू
२०६९ कात्तिक २१ गते ००:०० | Nov 6, 2012
फोर्ड फिगो नयाँ रुपमा आयो, मूल्यमा पनि ठूलै वृद्धि, अब १८ लाखदेखि २८ लाखसम्म


काठमाडौं । गो अटोमोबाइलले नयाँ रंग र थप विशेषतासहितको फोर्ड फिगो कार नेपाली बजारमा ल्याएको छ । नयाँ फिगो स्पोर्टी र स्स्टाइलिस रहेको कम्पनीको दावी छ ।

 नयाँ कारमा १० वटा नयाँ स्टाइल थप गरिएको छ । हेडलाइट, टेलल्याम्प, एलोई ह्विल्स लगायतका अरु डिजाइनमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेभिरिया ब्लु र ब्राइट यलो रंगमा यो कार उपलब्ध छ । इन्धन कम खपत गर्ने, बच्चाबाट सुरक्षित गराउने उपायसमेत सुविधा कारमा रहेको कम्पनीको दावी छ । कम्पनीले कारमा दुई वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।
 कम्पनीका अनुसार पेट्रोल इन्धनका फिगो एलएक्सआईको मूल्य १८ लाख ४९ हजार, एएक्सआई २० लाख ४९ हजार, जेडएक्सआई २१ लाख ७४ हजार, टाइटानमको २३ लाख ७५ हजार रुपैयाँ रहेको छ । डिजेल इन्धन भएको फिगोको एलएक्सआईको २२ लाख, इएक्सआईको २४ लाख ४९ हजार, जेडएक्सआईको २५ लाख ७४ हजार र टाइटानमको २७ लाख ४९ हजार मूल्य कम्पनीले तोकेको छ ।

Tata
GBIME
Nepal Life