मिस्त्री खोलाबाट जलविद्युत बैंकको कारोवार सुरु, एक अर्ब रुपैयाँ ऋण लगानी

बिजमाण्डू
२०६९ कात्तिक २१ गते ००:०० | Nov 6, 2012

काठमाडौं । स्थापनाको एक वर्षपछि जलविद्युत लगानी तथा विकास कम्पनीले मिस्त्री खोला जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँ लगानी गरेर आफ्नो कारोवारको मुर्हुत गरेको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले मिस्त्री खोलामा लगानी गर्ने प्रस्तावमा स्वीकृती प्रदान गरेको हो । यो परियोजनामा नबिल बैंकले लिड बैंकका रुपमा एक अर्ब रुपैयाँ लगानी गरेको छ ।
परियोजनाबाट ४२ मेगावाट विद्युत उत्पादन हुन्छ । आयोजना आर्कषक भएका कारण लगानी गरिएको कम्पनी अध्यक्ष तथा उर्जासचिव हरिराम कोइरालाले जानकारी दिए । आयोजनामा पाँच अर्ब १८ करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ । त्यसको ७५ प्रतिशत ऋणबाट उठाइनेछ भने २५ प्रतिशत रकम प्रवद्र्धकले इक्वीटीबाट उठाउँदैछन् । म्याग्दीमा रहेको यो परियोजनाको प्रवद्र्धक कम्पनी रोबस्ट इनर्जी हो ।

Tata
GBIME
Nepal Life