अमेरिकामा अक्टोबर महिनामै १७१ हजारलाई रोजगारी, राष्ट्रपति निर्वाचनमा रोजगार मुल मुद्धा

बिजमाण्डू
२०६९ कात्तिक १८ गते ००:०० | Nov 3, 2012
अमेरिकामा अक्टोबर महिनामै १७१ हजारलाई रोजगारी, राष्ट्रपति निर्वाचनमा रोजगार मुल मुद्धा

न्युर्योक । अमेरिकामा अक्टोबर महिनामा १ लाख ७१ हजार जनाले रोजगारी पाएका छन् । अक्टोबर महिनामा पाएको यो रोजगारी अपेक्षा भन्दा बढी हो । यद्यपी अमेरिकाको श्रम विभागले अक्टोबर महिनामा बेरोजगारी दर बढेको तथ्यांक सार्वजनिक गरेको छ । अक्टोबर महिनामा बेरोजगारीदर ७ दशमलब ९ प्रतिशत पुगेको विभागले सार्वजनिक गरेको छ । जबकी सेप्टेम्बर महिनामा बेरोजगारीदर ७ दशमलब ८ प्रतिशत थियो । मंगलबार हुने राष्ट्रपतिय निर्वाचनमा समेत बेरोजगारको मुद्धा प्रमुख रहेको छ ।
‘भर्खरै सार्वजनिक भएको बेरोजगारी दरले पनि मुलुकको अर्थतन्त्रको दुराअवस्था दर्शाउँछ,’ रिपब्लिकन उम्मेदवार मिट रोम्नीले भने, ‘ओबामा राष्ट्रपति बनेपछि बेरोजगारी दर उच्च बनेको छ । अझैपनि २३ करोड अमेरिकी रोजगारीको खोजीमा छन् ।’ गत दुई महिनामा भने लगातार रोजगारीको अवसर बढिरहेको छ । सेप्टेम्बर महिनामा ३४ हजार  र अक्टोबरमा ५० हजार रोजगारी थप भएको थियो ।
राष्ट्रपतिका उम्मेदवार बाराक ओबामाले कठिन अवस्थामा समेत रोजगारीको अवस्थामा सुधार आइरहेको बताए । ‘हामीले धेरै सुधार गर्न सफल भएका छौ,’ ओहियोमा आयोजित र्यालीमा ओबामाले भने,  र्यालीमा ओबामाले भने, ‘हामीले अझै धेरै गर्न बाँकी छ ।’ विश्लेषकहरुका अनुसार ओबामाले रोजगारीमा आएको सुधारलाई चुनावी मुद्धा बनाएका छन् भने रोम्नीले बेरोजगारी दरलाई आफ्नो चुनावी मुद्धा बनाएका छन् ।

Tata
GBIME
Nepal Life