स्पाइसका दुई नयाँ मोवाइल सेट बजारमा, उत्कृष्ट साउण्डको व्यवस्था

बिजमाण्डू
२०६९ कात्तिक २ गते ००:०० | Oct 18, 2012

काठमाडौं । टेलिटक प्रालिले स्पाइस ब्राण्डका दुईथरी नयाँ सेट बजारमा ल्याएको छ । कम्पनीले बोस च्याम्पियन एम ५००५एन र बोस डन एम ५२०० मोडलका सेट बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार दुवै मोडलका सेटमा उत्कृष्ट साउन्डको व्यवस्था छ । बोस च्याम्पियन एम ५००५ एन मोडलमा ४ दशमलब ५ सेन्टिमिटर र बोस डन एम ५२००मा ५ दशमलब शुन्य ८ सेन्टिमिटरको स्क्रिन छ ।
दुबै सेटमा अडियो, भिडियो प्लेयर, ब्लुटुथ, मल्टिपल सिम प्रयोग गर्न मिल्ने, आठ जिबीसम्म मेमोरी विस्तार गर्न मिल्ने, एफएम रेडियो, वान टच टर्च लगायतका विशेषता छन् । कम्पनीले स्पाइसका सबै मोबाइल सेटमा एक वर्ष र ब्याट्री र चार्जरमा ६ महिना वारेन्टी दिएको छ ।

Tata
GBIME
Nepal Life