सुनको मूल्य घट्न थाल्यो, तोलाको ५९ हजारएक सय पचास रुपैया

बिजमाण्डू
२०६९ असोज २९ गते ००:०० | Oct 15, 2012
काठमाडौ । सुन तोलामा पाँच सय रुपैया घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारको लागि छापवाला सुन प्रति तोलाको ५९ हजार एक सय पचास रुपैया तोकेको छ ।
शुक्रवार सुन तोलामा ७० रुपैयाले घटेर प्रति तोलाको ५९ हजार ६ सय पचास रुपैयामा कारोवार भएको थियो । गत साता सुनको मुल्यमा केहि उतार चढाव देखिएको छ ।
साताको सुरुमा सुनको मुल्य केहि उकालो लागेपनि साताको अन्त्यतिर सुनको मुल्यमा गिरावट आएको छ ।
आइतवार चाँदी तोलामा १५ रुपैया घटेर प्रति तोलाको एघार सय ६५ रुपैयामा कारोवार भएको छ शुक्रवार चाँदी तोलाको एघार सय ८० रुपैयामा कारोवार भएको थियो ।
 

Tata
GBIME
Nepal Life