
काठमाडौं । अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स मर्जपछि बनेको सुप्रिम विकास बैंकको स्टक बजारको ओपनिङ्ग निराशजनक रह्यो । बैंकको विहिवार एकै दिन प्रतिकित्ता सेयर १० रुपैयाँले तल झरेर कारोवार भयो । सुप्रिम बैंकको विहिवार प्रतिकित्ता ८८ रुपैयामा कारोवार भयो । बिहिवार अरुण भ्याली हाइड्रोपावरको सेयर दश रुपैयाँले बढेर ३४० रुपैयाँमा कारोवार भयो । नबिल बैंकको १७ रुपैयाँ तल झरेर ११३५ मा कारोवार भयो । सगरमाथा इन्सुरेन्सको ३० रुपैयाँ बढेर ६८२ रुपैयाँमा कारोवार भयो ।
माछापुच्छ्रेको संस्थापक सेयर विक्री
बिहिवार माछापुच्छ्रे बैंकको ११ लाख कित्ता संस्थापक सेयर विक्री भएको छ । बैंकको प्रतिकित्ता एक सय रुपैयाँमा १० लाख ९३ हजार ६१६ कित्ता सेयर १० करोड ९३ लाख ६१ हजार विक्री भएको हो । दुई साता अघि पनि योगेन्द्र श्रेष्ठको नाममा भएको माछापुच्छ्रे बैंकका सेयर गैरआवासिय नेपाली विरेन्द्र महत्तोले लिलामीबाट किनेका थिए । त्यतिबेला श्रेष्ठको झण्डै १५ करोड रुपैयाँको सेयर महत्तोले किनेका थिए ।