बारामा जिल्ला प्रशासनको अपरेशन स्वीप, आन्दोलनमा उत्रिने पेट्रोलियम व्यवसायीको धम्की

बिजमाण्डू
२०६९ असोज २५ गते ००:०० | Oct 11, 2012
बारामा जिल्ला प्रशासनको अपरेशन स्वीप, आन्दोलनमा उत्रिने पेट्रोलियम व्यवसायीको धम्की

काठमाडौं । बारा जिल्ला प्रशासनले मापदण्डभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पलाई अनावश्यक दुःख दिने कार्य नरोकिएमा आन्दोलनमा उत्रिने बाराका पेट्रोलियम चेतावनी दिएका छन् ।
बारा र पर्सा पेट्रोलियम डिलर्स एसोसिएसनले प्रशासन कार्यालयले नियन्त्रणमा रहेको ना १ ख ५०४७ नम्वरको ट्यांकर र डिजल विना शर्त मुक्त गर्नुपर्ने, अधिराज्यभरी उपभोक्ताको माग अनुसार पेट्रोलियम पदार्थ निर्वाधरुपमा खरिद र बिक्री गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले गैरकानुनी अनुगमनको नाममा कारवाही गरिएको पम्पको कारोबार विना शर्त फुकुवा गर्नुपर्ने, बन्द भएको समयसम्मको पम्पको क्षतिपूर्ति सम्वन्धित निकायबाट पाउनुपर्ने, अनावश्यक र गैरकानुनी अनुगमन रोक्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् ।
एसोसिएसनले माग पूरा नभएमा शुक्रवारदेखि आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद र अनिश्चितकालिन कारोबार रोक्ने चेतावनी दिएको हो । एसोसिएसनका अनुसार सम्पूर्ण कानुनी प्रक्रियालाई थाती राखेर आफनो मनमानी ढंगले बारा जिल्लाको विभिन्न व्यापारीलाई अनुगमन तथा निरीक्षणको नाउँमा दुःख दिने बदनियत कार्यालयबाट हुने गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले पछिल्लो समयमा ‘अपरेसन स्विप’ थालेका थिए । यो अभियान थालेर कालोबजारी र कम तेल बिक्री गर्ने पम्ललाई कारवाही थालेपछि पम्प व्यवसायी आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । व्यवसायीका अनुसार दसै नजिकिदै गर्दा अनुगमन तथा निरीक्षणको गैरकानुनी खेल खेलेर व्यापारीलाई मानसिक तथा आर्थिक यातना दिने कार्य बढेको छ । लक्ष्मी आयल सेन्टर, कटारुका अटोमोबाईल्स, तराई पेट्रोलियम, अनवर पेट्रोलियम तथा विषधारी फयूल पम्प सञ्चालकलाई धम्काई कागजपत्र तथा अन्य प्रमाणहरु माग गरेको व्यवसायीको आरोप छ ।

Tata
GBIME
Nepal Life