सहयोगी बैंकको लाभांस २७ प्रतिशत, विश्व विकासको १७, गुडवीलको नौ, युनाइटेडको १० प्रतिशत

बिजमाण्डू
२०६९ असोज २४ गते ००:०० | Oct 10, 2012

काठमाडौं । दुई वटा फाइनान्स र दुई वटा विकास बैंकले बुधवार लगानीकर्तालाई प्रतिफलको घोषणा गरेका छन् । चारवटा संस्थामा सबैभन्दा बढ सहयोगी विकास बैंकल झण्डै २७ प्रतिशतको लाभांस घोषणा गरेको छ । बैंकले १२ प्रतिशत बोनस सेयर १५.६३ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो । बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा नाफा झण्डै एक करोड रुपैयाँले बढाएर तीन करोड २४ लाख रुपैयाँ गरेको थियो । त्यसअघिल्लो वर्ष बैंकले दुई करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले अघिल्लो वर्ष २० प्रतिशत बोनस सेयर र त्यसका लागि लाग्ने २.८८ प्रतिशत नगद लाभांस दिएको थियो ।
लाभांस घोषणा गरेपछि बैंकको नेपाल स्टकमा पाँच रुपैयाँले सेयर मूल्य बढेर २४० रुपैयाँमा कारोवार भयो । बुधवार नै विश्व विकास बैंकले पनि लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । बैंकले मंगलवारको बोर्ड बैठकबाट नगद लाभांसको प्रस्ताव गरेको हो । बैंकले अघिल्लो वर्ष पाँच करोड ३५ लाख रुपैयाँ मुनाफा गरेको थियो । त्यसअघिल्लो वर्ष बैंकको मुनाफा तीन करोड ७१ लाख रुपैयाँ मात्रै थियो । अघिल्लो वर्ष बैंकले झण्डै १६ प्रतिशत नगद लाभांस दिएको थियो ।
गुडवील फाइनान्सले लगानीकर्तालाई नौ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ । फाइनान्सको मंगलवार बसेको सञ्चालक समितिको बैठकले लाभांसको प्रस्ताव गरेका हो । फाइनान्सले साढे तीन प्रतिशत बोनस सेयर र साढे पाँच प्रतिशत नगद लाभांस गरी नौ प्रतिशतको बोनस प्रस्ताव गरेको हो ।
फाइनान्सले अघिल्लो वर्षभन्दा ३० लाख कम एक करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अपेक्षा अनुसारको लाभांस प्राप्त नभएपछि बुधवार गुडविल फाइनान्सको सेयर तीन रुपैयाँले घटेर १५८ रुपैयाँमा कारोवार भएको छ ।
युनाइटेड फाइनान्सले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले मंगलवार स्वीकृत गरेको छ । फाइनान्सले करसहित १० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको थियो । बैंकको १८ औं साधरणसभाबाट लाभांस स्वीकृत भएपछि वितरण हुनेछ ।

Tata
GBIME
Nepal Life