माघदेखि बन्द नोबेल डेरी फेरी सञ्चालनमा, डेढ करोड लगानी थपियो, १३ उत्पादन बजारमा

बिजमाण्डू
२०६९ असोज २३ गते ००:०० | Oct 9, 2012

काठमाडौं । गत माघदेखि बन्द भएको नोबेल डेरी पुनः सञ्चालनमा आएको छ । दैनिक ४० हजार लिटर दुध प्रशाधन गर्न सक्ने क्षमता भएको नोवेलले नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको हो । विराटनगरमा रहेको नोबेललाई जीवन विकास इन्भेष्टमेन्ट प्रालिले सञ्चालनमा ल्याएको हो । डेरीको अधिकृत पुँजी ५ करोड र चुक्ता पुँजी १ करोड ६० लाख रुपैयाँ छ । दुग्ध विकास संस्थानपछि पूर्वाञ्चलामा सबैभन्दा वढी नोवेल डेरीको दुग्ध उत्पादनहरु विक्री हुन्छ ।
नोबेलले दुध, दही, मख्खन, घ्यू, पनिर, आइसक्रिम, आइस क्यान्डी, बटर स्कच, नटी क्रन्च, चोकोवार उत्पादन गर्छ । नोवेलका उत्पादनहरुको बजारीकरण गरेर अगाडि वढ्ने कम्पनीका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । उनले १३ वटा उत्पादनको बजारीकरण गरिने बताए । सुनसरी–मोरङमा दुग्ध विकास संस्थान, गणेश डेरी, कामधेनुलगायत एक दर्जन कम्पनी सञ्चालनमा छन् ।

Tata
GBIME
Nepal Life