चिलिमे र टेलिकमको सेयर मूल्य तल झर्यो, बैकिङ समूहको वृद्धिले नेप्से थेगेन

बिजमाण्डू
२०६९ असोज २२ गते ००:०० | Oct 8, 2012
चिलिमे र टेलिकमको सेयर मूल्य तल झर्यो, बैकिङ समूहको वृद्धिले नेप्से थेगेन

काठमाडौं । बजारलाई लिड गर्ने अधिकांश ठूला कम्पनीको सेयर मूल्य तल झरेपछि सोमवार नेप्से सूचकमा रातो बत्ती बल्यो । केही दिनदेखि सेयर बजारलाई लिड गरिरहेको टेलिकम र चिलिमेको सोमवार मूल्य तल झर्यो । टेलिकमको सेयर मूल्य १४ रुपैयाँले तल झरेर प्रतिकित्ता ६५० रुपैयाँमा कारोवार भयो ।
चिलिमेको सेयर मूल्य समेत सोमवार १६ रुपैयाँले तल झरेर ९८९ रुपैयाँमा कारोवार भयो । आइतवार ठूलै वृद्धि भएको बुटवल पावरको २० रुपैयाँले तल झरेर ७७० रुपैयाँमा कारोवार भयो । अरुण भ्यालीको १५ रुपैयाँले तल झरेर ३२६ रुपैयाँमा कारोवार भयो ।
बुक क्लोजपछि नबिल बैंक प्रमोटर सेयरको पहिलो कारोवार १६९ रुपैयाँले तल झरेर कारोवार भयो । नबिल बैंक प्रमोटर सेयरको नयाँ सेयर मूल्य प्रतिकित्ता ७५३ रुपैयाँमा आइपुगेको छ । यस अघि नबिल प्रमोटर सेयरको ९२२ रुपैयाँमा कारोवार भएको थियो ।
बैकिङ्गमा सबैभन्दा राम्रो नेपाल एसबीआई बैंकले १९ रुपैयाँको वृद्धि पायो । नेपाल एसबीआईको प्रतिकित्ता ५१३ रुपैयाँमा कारोवार भयो । सोमवार लाभांस घोषणा गरेका कैलास विकास बैंक र नेपाल एक्सप्रेस फाइनान्सको  कारोवार भए पनि सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

Tata
GBIME
Nepal Life