कच्चा तेलको मूल्य घट्न थाल्यो, प्रतिव्यारेज १११ डलर, अर्को महिना निगमको घाटा कम हुने

बिजमाण्डू
२०६९ असोज २१ गते ००:०० | Oct 7, 2012

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल(ब्रेन्ट आयल) एक ब्यारलको १ सय ११ डलर ८४ सेन्ट कायम भएको छ । युरोपेली मुलुकको मन्दीमा सुधार नआएको र अमेरिकी अर्थतन्त्रमा सुधार नदेखिएकोले तेलको मूल्य घटेको हो ।
एक महिना अघि कच्चा तेलको मूल्य एक ब्यारलको १ सय १६ डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा नेपाल लगायतका अल्पविकसित मुलुक समस्यामा थिए । तेलमा परनिर्भर मुलकलाई कच्चा तेलको मूल्य घट्दा फाइदा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले आयल निगमको घाटा ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपनि ग्यासको मूल्य भने बढेको छ ।
जाडोयाममा कोठा, पानी तताउन ग्यासको प्रयोग हुने भएकोले माग बढ्नाले मूल्य बढ्छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेकोले निगमको घाटा कम नभएको हो । अहिले निगमलाई एक सिलिन्डर ग्यासमा ५ सय ६० रुपैयाँ नोक्सान छ । ग्यासको मूल्य नबढेको भए निगमलाई यो महिना नोक्सानी कम हुनसक्थ्यो । डलरको निरन्तरको अवमूल्यन र कच्चा तेलको मूल्य घटेकोले निगमलाई अर्को महिना नोक्सानी कम हुने सम्भावना छ ।

Tata
GBIME
Nepal Life