काठमाडौं । जेनिथ फाइनान्स लिमिटेड आइतबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । फाइनान्सले पाँच वर्षको अवधिमा १ अर्ब ७ करोड १० लाख निक्षेप संकलन गरेको छ । यो अवधिमा फाइनान्सले ७४ करोड १८ लाख ४९ हजार कर्जा लगानी गरेको छ । कम्पनीको चुक्ता पुँजी २० करोड ५३ लाख १४ हजार रुपैयाँ छ । फाइनान्सको वागलुङको गलकोटस्थित शाखा कार्यालय र महेन्द्रपथमा एक्सटेन्सन काउन्टरबाट बैंकिङ कारोबार गर्दै आएको छ ।
