बोनस सेयरको प्रस्ताव बीमा समितिमा अड्किएपछि बीमा संस्थानको साधरणसभा स्थगन

२०६९ असोज २० गते ००:००
बोनस सेयरको प्रस्ताव बीमा समितिमा अड्किएपछि बीमा संस्थानको साधरणसभा स्थगन


काठमाडौं । तीन वर्षको वोनस सेयर दिने प्रस्तावसहित साधारणसभा डोकेको राष्ट्रिय बिमा संस्थानले बिमा समितिको अंकुसपछि साधारणसभा स्थगन गरेको छ । समितिसँग स्वीकृति नलिइकनै साधारणसभा डाकेको संस्थानले कानुनी अड्चन सामना गर्नु पर्ने भएपछि साधारणसभा पछि सारेको हो । समितिबाट स्वीकृति नलिइ वोनस सेयर प्रस्ताव पारित गरे त्यो अवैधानिक हुने भएपछि संस्थानले वित्तीय विवरण समितिमा पठाएको थियो । असोज २४ गते साधारणसभा डाकेको संस्थानको वासलात समितिले स्वीकृन तगरेकाले साधारणसभा स्थगित गरिएको हो ।
संस्थाले दुई आर्थिक वर्षको नाफाबाट ३९ प्रतिशत र एक आर्थिक वर्षको १५ प्रतिशतका दरले वोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । संस्थान सरकारको पूर्ण स्वामित्व भएको बिमा कम्पनी हो । बिमक ऐन अनुसार, साधारण सभा गर्नका लागि बिमा कम्पनीहरुले समितिबाट वार्षिक प्रतिवेदन स्वीकृति गराउनु पर्छ ।


Sunrise Bank
TATA
GBIME