काठमाडौं । सरकारले कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुबेतमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारले नाता प्रमाणित पेस गर्नुपर्ने नयाँ प्रावधान ल्याएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ती मुलुकमा जान सम्वन्धित मुलुकका दूताबासबाट प्रमाणिकरण गर्दा नाता प्रमाणितको कागजात अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको हो । यो व्यवस्था शुक्रवारदेखि लागु भएको हो ।
