फेसबुक प्रयोगकर्ता एक अर्ब नाघ्यो, फेसबुकमा जोडिएकालाई जुकरवर्गको धन्यवाद

बिजमाण्डू
२०६९ असोज १९ गते ००:०० | Oct 5, 2012
फेसबुक प्रयोगकर्ता एक अर्ब नाघ्यो, फेसबुकमा जोडिएकालाई जुकरवर्गको धन्यवाद


न्युयोर्क। सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले अमेरिकी टेलिभिजनमा अन्र्तवार्ता दिँदै एक अर्ब प्रयोगकर्ताले फेसबुकमा २ सय १९ अर्ब तस्विर राखेको जानकारी दिए ।
उनका अनुसार १ खर्ब १३ अर्बले फेसबुकमा लाइक गरेका छन् । कम्पनीले पाएको उपलब्धीको बारेमा फेसबुक स्टाटसमै जुकरवर्गले सबैलाई धन्यवाद दिएका छन् ।
तपाईले यो स्टाटस पढिरहनुभएको छ भने मेरो टीमलाई सेवाको मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु, फेसबुक स्टाटसमा जुकरवर्गले लेखेका छन्, एक अर्ब जनतालाई एक–आपसमा जोड्ने अदभुत मौका पाएका छौं ।
मलाई यो सबैभन्दा ठूलो गर्वको कुरा हो । उनका अनुसार ६० करोड व्यक्ति मोबाइलबाट फेसबुक चलाउने गरेका छन् ।

Tata
GBIME
Nepal Life