नेपाल एसबिआई बैंकको कार्ड भारतमा चलाउँदा महँगो, एटिएम शुल्क ६० रुपैयाँले बढ्यो

बिजमाण्डू
२०६९ असोज १६ गते ००:०० | Oct 2, 2012

काठमाडौं । नेपाल एसबिआइ बैंकले वेस २४ स्विच अन्तर्गत भारतमा एटिएम कारोबार गर्दा लाग्ने शुल्क बढाएको छ । स्टेट बैंक अफ इन्डियाको नेटवर्कमा एटिएम चलाउँदा लाग्ने शुल्क एकैचोटी ६० रुपैयाँ बढाएको हो । यसअघि प्रति कारोबार एक सय रुपैयाँ मात्र लाग्दै आएको थियो ।
भारतमा पढ्न, घुम्न र उपचारका लागि जाने नेपालीहरुलाई एबिआइको नयाँ व्यवस्थापछि प्रभाव पार्ने छ । एसबिआइको भारतमा ठूलो कारोबार नेटवर्क भएकाले नेपालीले यसको कार्ड प्रयोग गर्छन् । यसपछि मात्र एभरेष्ट बैंकको कार्ड भारतमा प्रयोग गरिन्छ । बैंकले भिसा नेटवर्क र एसबिआइ समुहका इलेक्ट्रा स्विच अन्तर्गतका एटिएम कारोबारको शुल्क भने यथावत नै राखेको छ । बैंकले यसअन्तर्गत व्यालेन्स जानकारी शुल्क २५ रुपैयाँ र प्रति कारोबार शुल्क २५० रुपैयाँ लाग्दै आएको छ ।

Tata
GBIME
Nepal Life