आजदेखि देशभर सुपथ मूल्य पसल, उपत्यकाका १७ र बाहिर ४५ स्थानमा पसल

बिजमाण्डू
२०६९ असोज १६ गते ००:०० | Oct 2, 2012
आजदेखि देशभर सुपथ मूल्य पसल, उपत्यकाका १७ र बाहिर ४५ स्थानमा पसल

काठमाडौं । सकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैंतिहार र छठलाई लक्ष्य गरेर उपभोक्तालाई सहुलियतमा खाद्यान्न वस्तु बिक्री गर्ने उदेश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सरकारी संस्थानहरु साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र खाद्य संस्थानको समन्वयमा सहुलियत पसल सञ्चालनमा आएको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाका १७ र वाहिरका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् । यो पसलमा घिउ एक किलोमा १० रुपैयाँ, चिनी पाँच रुपैयाँ र नुन र चामलमा दुई÷दुई रुपैयाँ सस्तोमा बिक्री गर्ने निर्णय मन्त्रालयले गरेको छ ।
राजधानीका नेसनल ट्रेडिङको परिसर रामशाहपथ र टेकु, साल्ट ट्रेडिङ लिमिटेडका कालिमाटी र जडीबुटीमा, खाद्य संस्थानको थापाथली ट्रेड टावरमा सुपथ मूल्य सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित विशाल बजार र भक्तपुर उद्योग वाणिज्य संघका कार्यालयमै यस्ता पसल सञ्चालनमा ल्याउने मन्त्रालयले जनाएको छ ।

Tata
GBIME
Nepal Life