साम्सारा र सिद्धार्थ डेभलपमेन्ट बैंकवीच रेमिट्यान्स सेवा सुलभ बनाउन सम्झौता

बिजमाण्डू
२०६९ असोज १६ गते ००:०० | Oct 2, 2012

काठमाडौं । साम्सारा मनि ट्रान्सफर र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिटेन्स सेवालाई सुलभ बनाउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सम्साराका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठ र सिद्धार्थका कामु प्रमुख कार्यकारी अधिकृत सुजित पोखरेलले हस्ताक्षर गरे ।
छ वर्षअघि स्थापना भएको सम्साराको चुक्ता पुँजी  ५ करोड छ । विश्वको कुनैपनि देशबाट पठाएको रकमलाई सम्साराको एजेन्टबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको १४ सय सव एजेन्टह देशभर रहेको छ ।

Tata
GBIME
Nepal Life