आयल निगममा वरिष्ठ कर्मचारी खुला प्रतिश्पर्धाबाट, निर्णय विरुद्ध कर्मचारीको आन्दोलन

बिजमाण्डू
२०६९ असोज १५ गते ००:०० | Oct 1, 2012
आयल निगममा वरिष्ठ कर्मचारी खुला प्रतिश्पर्धाबाट, निर्णय विरुद्ध कर्मचारीको आन्दोलन

काठमाडौं । नेपाल आयल निगममा आठौं, नवौं र दसौं तहमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्ने निर्णय विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
माओवादी निकट आयल निगम कर्मचारी संगठनको अगुवाईमा आइतबारदेखि सुरु भएको आन्दोलन सोमबार पनि जारी छ । सोमबार कर्मचारीले विहान ११ बजेदेखि २ बजेसम्म पेन डाउन गर्ने  आन्दोलन छ ।
आन्दोलन कार्यक्रममा उच्च निर्देशक तहकै कर्मचारीहरुले पनि समर्थन जनाएका छन् । उनीहरुले समेत आन्दोलनलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । कर्मचारीले आइतबार निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालको कार्यकक्षमा धर्ना दिएका थिए ।
निगमको एक महिनाअघि भएको सञ्चालक समिति बैठकले तीन तहमा खुल्ला प्रतिस्पर्धाबाट ल्याउने निर्णय गरेको थियो । यो निर्णयले पुराना कर्मचारीलाई बढुवा हुन रोकेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

Tata
GBIME
Nepal Life