हायर ब्रान्डका रेफ्रिजेरेटर, एलसिडी र एलइडी टेलिभिजन बजारमा

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012

काठमाडौं । अरबिट इन्टरनेसनलले दसैतिहारका अवसरमा उपहारसहित हायर ब्रान्डका नयाँ विद्युतीय सामाग्री बजारमा ल्याएको छ । कम्पनीले नयाँ मोडलका रेफ्रिजेरेटर, एलसिडी र एलइडी टेलिभिजन बजारमा ल्याएको छ । कम्पनीले १ सय ७० देखि २ सय ५० लिटरसम्मका सिंगल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ । हायरका चेस्ट फ्रिजरका पनि नयाँ मोडेल बजारमा ल्याएको छ । यस्ता फ्रिजरमा १ सय घन्टासम्म विजुली नआएपछि एकपटक चिसो भएको वस्तु चिसै बस्ने कम्पनीको दावी छ ।

Tata
GBIME
Nepal Life