स्काई सुजको दशैं योजना, १० भन्दा बढी मोडलका नयाँ जुत्ता, ३० प्रतिशत छुट

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012
स्काई सुजको दशैं योजना, १० भन्दा बढी मोडलका नयाँ जुत्ता, ३० प्रतिशत छुट

काठमाडौं । स्काई सुजले दसैतिहारलाई लक्षित गर्दै उपहार योजनासहित नयाँ मोडेलका जुत्ता बजारमा ल्याएको छ । कम्पनीले १० वटा भन्दा बढी नयाँ मोडेलको बिक्री सुरु गरेको छ । कम्पनीका अध्यक्ष मनोज श्रेष्ठका अनुसार स्पोर्टस, क्याजुअल, कलेजका लागि उपयुक्त मोडल बजारमा ल्याइएको छ । कम्पनीले ‘स्काई सुज लगाउनुस, ३० प्रतिशत ग्यास बचाउनुस’ ग्राहक योजना समेत ल्याएको छ । यो योजनामा सहभागी हुन ग्राहकले एक हजार रुपैयाँ भन्दा बढी मूल्यका जुत्ता किनेमा एउटा ग्यास सेभर सित्तैमा पाउनेछ । कम्पनीका अनुसार यसले तीस प्रतिशत ग्यासको खपत घटाउँछ ।

Tata
GBIME
Nepal Life