
काठमाडौं । आगामी असोज ११ देखि १५ गतेसम्म काठमाडौंमा फर्निचर तथा फर्निसिग एक्स्पो १२ गरिने भएको छ । जुम इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा मेला आयोजना गर्न लागिएको आयोजकले आइतवार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
मेलालाई नेपाल उधोग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मश, नेपाल चीन उघोग वाणिज्य संघ, इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल, नेपाल थाई चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिबाट सर्मथन प्राप्त भएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । मेलालाई आकृति ईन्टिरियर, आराम म्याटे«स, करिश्मा क्लासिक, डुरो म्याट्रेश, हेरिटेज कार्पेट, ला डेकोर, टुलिप सिरक, यति कार्पेटले सहयोग गरेका छन् ।
नेपालमा नेपाली विशेषता बोकेका मौलिक फर्निचर तथा फर्निसिंग सामाग्रीहरु प्रदर्शनमा राखिनेछ । बस्तु बनोटको जानकारी, प्रयोगबिधि, उपादेयता आदिको ज्ञान सेवाग्राहीलाई परिचित गराउन मेलाको आयोजना गरिएको आयोजकले बताएका छन् ।
पहिलो पल्ट आयोजना हुन लागेको फर्निचर फर्निसिंग मेलामा उत्पादक, बिक्रिता र क्रेता पक्ष लाभान्वित हुनेछन् ।
मेलामा प्रव्श शुल्क २५ रुपैयाँ राखिएको छ । मेलामा बिभिन्न कम्पनीहरुले ५ प्रतिशत देखि ३५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । मेलामा पुराना फनिचर एक्स्चेञ्जको समेत ब्यवस्था गरिने आयोजकले जानकारी दिएका छन् ।