

२०६१ कात्तिक। भारतको ठूलो औद्योगिक घरानामध्ये मोदी कर्पका अध्यक्ष बिके मोदी काठमाडौंमा थिए। भारतमा पहिलोपटक मोवाइल सेवा सञ्चालन गरेका मोदी नेपालमा पनि त्यस्तै सम्भावनालाई साकार रुप दिने प्रयासमा थिए।
त्यसका लागि मोदीले मोदीकर्प र स्पाइस इन्डियाको ६० प्रतिशत स्वामित्व र नेपालको खेतान समूहको ४० प्रतिशत स्वामित्वको स्पाइस नेपाल कम्पनी खडा गरे, जुन कम्पनी पछि मेरो मोवाइल हुँदै अहिले देशकै सबैभन्दा ठूलो निजी कम्पनी एनसेलका रुपमा सञ्चालनमा छ।
एनसेल सफल भए पनि एनसेलमार्फत् नेपालको हितमा काम नगर्ने धेरैको भने उठिबास लागेको छ। एनसेल स्थापनापछिका केही शक्तिशाली व्यक्ति जसलाई एनसेल 'पचेन'।
१) राजबहादुरलाई मिल्यो दुस्मनी
सिंहले त्यो शेयरमध्ये ३८ प्रतिशत आफूसँग राखेर त्यसको दुई महिनापछि साइप्रसको कम्पनी डाल्टो ट्रेडलाई ५७ प्रतिशत हस्तान्तरण गरे। डाल्ट्रो ट्रेडले यो सेयर रेनल्ड होल्डिङलाई बिक्री गर्यो। त्यसपछि पनि सिंहले आफूसँग भएको उक्त कम्पनीको सबै स्वामित्व विदेशी तथा स्वदेशी कम्पनीलाई बिक्री गरे।
यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमसेर राणाले सरकारका नाममा परमादेश दिएर यो जग्गा सरकारको नहुने भनेको थियो।
२) सुमार्गी पनि अजय बन्न सकेनन्
.jpg)
तर सुमार्गीको उदय जुन रफ्तारमा भएको थियो, अहिले उनै सुमार्गी त्योभन्दा दोब्बर रफ्तारले तल झरिरहेका छन् र त्यसको जरो कहिं न कहिं गएर यही एनसेलसँग जोडिएको छ। सोमबार कान्तिपुरविरूद्ध आयोजित पत्रकार सम्मेलनमा सुमार्गीले राज ग्रुपमा अफ्नो २५ प्रतिशत सेयर हिस्सा भएको स्वीकार गरेका थिए। राज ग्रुपसँग कुनै बेला स्पाइस नेपालको ९५ प्रतिशतसम्म शेयर थियो। स्पाइस नेपालको सिइओ बनेपछि सुमार्गीको चिनजान विदेशी लगानीकर्ता र कर्पोरेटहरुसँग भयो।
यिनै कर्पोरेटमध्ये एक हुन मोहम्मद आमेर्सी। बेलायती नागरिक आमेर्सी सुरुमा टेलियाको कजाकस्थानी कम्पनीका लागि बोर्डमा नियुक्त भएका थिए। आमेर्सी यहींबाट कजाकास्थानको भाइजर समूह नजिक पुगे। भाइजर त्यतिवेला स्पाइस नेपालको एक लगानीकर्ता थियो।
.jpg)
अजेय सुमार्गीसँग काठमाडौंमा मोहमद आमेर्सी (बीचमा)
आमेर्सीकै कनेक्शनपछि टेलियाले सन् २००८ मा कम्वोडियाको स्मार्ट टेलिकम र नेपालको स्पाइस नेपाल किन्यो। पछि सन् २०१२ मा आमेर्सीले टेलियालाई सुमार्गीको अर्को टेलिकम कम्पनी नेपाल स्याटेलाइटसमेत खरिद गराइदिए। सुरुमा भाइजरलाई स्पाइस नेपाल र पछि टेलियालाई नेपाल स्याटेलाइटको सेयर बिक्री गरेपछि सुमार्गीले ११ अर्ब रुपैयाँभन्दा बढीको लाभ गरे।
यही रकमका विषयमा कान्तिपुर दैनिकले समाचार लेख्दा सुमार्गी भर्सेस कान्तिपुर दैनिकको अवस्था सिर्जना भएको छ। सुमार्गीको नेपाल स्याटेलाइटका विषयमा महालेखा परीक्षकले समेत डेढ अर्ब रुपैयाँको दायित्व सिर्जना गरेर राखेको छ।
सुमार्गीका विषयमा जानकार एक जना उद्यमीले भने, अहिले सुमार्गी खुकुरीको धारमा हिंड्नु परिरहेको छ, प्रचण्डले सिग्नल दिए उनको बास जेलमा हुन धेरै समय लाग्दैन। स्रोत भन्छ, सम्भावित त्यही अवस्थालाई ध्यानमा राख्दै सुमार्गीले बेलायती नागरिकताका लागि प्रक्रिया सुरु गरेका छन्।
३) लार्स नैवर्ग माथि भ्रष्ट्राचार मुद्दा
स्पाइस नेपालसँगै लार्सले कम्बोडियाको टेलिकम कम्पनी एप्लिफोन खरीदको सम्झौता समेत गरे। एप्लिफोनमा समेत राजबहादुर, उपेन्द्र महतो सेयरहोल्डर थिए। टेलियाले पछि कम्बोडियाको शेयर पुरानै सेयरहोल्डरलाई छाडेर नेपालको शेयर हिस्सा बढाउने निर्णय गर्योे।
सन् २००८ देखि २०१२ सम्म लार्सले नेपालसँगै कजाकस्तान, जर्जिया, अजरवैजान, उज्वेकिस्तान जस्ता युरोएशियन देशमा लगानी बढाए। त्यस्ता देशमा भएका कतिपय भूक्तानी गैरकानुनी भएको समाचार स्वीडेनमा छाउन थाल्यो। त्यस्तैमध्ये एउटा समाचार स्वीडेनको भेक्कन अफेयर्समा राजाका ज्वाईंसँग नेपालमा कसरी टेलियाले शेयर खरिद गर्यो भनेर छापियो।
यो खुलापत्रमा टेलियाले युरोएशिया र नेपालमा गरेर दुर्ई अर्व १० करोड डलर 'करप्ट पेमेन्ट' गरेको आरोप लगायो। त्यसैगरी अजरवैजानमा समस्या पारिरहेको साझेदारलाई थप ९३ करोड डलर भूक्तानी गरेको आरोप पनि त्यो पत्रमा थियो।
मुडिजको पत्रपछि टेलियाले नर्टन रोज एण्ड फुलब्राइट लगायतका संस्थासँग लार्सको पालामा भएका कारोवार अडिट गर्न लगायो। यही बेला स्वीडेनको भ्रष्ट्राचार निरोधक संस्थाले पनि लार्स माथि छानविन सुरु गर्यो। छानविनमा दोषी देखिएपछि यो संस्थाले लार्सविरुद्ध मुद्दा चलाएको छ।
कुनै बेला टेलियामार्फत विश्वको टेलिकम उद्योगलाई हल्लाएका लार्स अहिले मुद्दाको सामाना गर्नुपरिरहेको छ। स्वीडेन जस्तो देशमा भ्रष्टाचार जस्तो मुद्दा लाग्नु त्यही हिनभावनामा लार्स बाँचिरहनु परेको छ।
४) तेरो किभिसारी पनि फसे

लार्सले गरेको प्रस्तावलाई टर्कीमा बसेर टेलियाको युरोएशिया हेर्ने तेरो किभिसारीले एक्ज्युट गर्थे। जसरी लार्स यो मुद्दामा फँसे, त्यसैगरी तेरो किभिसारी माथि पनि अहिले स्वीडेनमा भ्रष्टाचार मुद्दा चलिरहेको छ।
५) निरज पनि अफ्ठ्यारोमा
खरीद गरे लगत्तै यो शेयर उनले सन् २०१२ मा टेलियालाई बिक्री गरिसकेका थिए। तर नेपाली कानुनअनुसार टेलिकम कम्पनीमा २० प्रतिशत शेयर नेपालीसँग हुनुपर्ने भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा हुने कागजातमा भने एनसेलमा भएको उनको २० प्रतिशत शेयरको हक हस्तान्तरण भएको थिएन जसको इकोनोमिक इन्ट्रेष्ट टेलियासँग थियो, भएको कागजातका आधारमा निरज एनसेलको सञ्चालक समितिमा बस्दै आएका थिए।
टेलियाले आफूसँग भएको शेयर जब एक्जियटालाई बिक्री गर्यो, त्यति बेला निरजगोविन्दसँग भएको शेयर पनि सतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठ एकल सञ्चालक भएको कम्पनी सुनिभेरा क्यापिटललाई बिक्री गर्यो। यो शेयर सुरुमा तीन अर्वमा बिक्री गर्न प्रस्ताव गरिएको कागजात तयार गरिएको थियो, तर ८० प्रतिशत शेयर एक खर्ब ४४ अर्बमा बिक्री हुँदा २० प्रतिशत शेयर कसरी तीन अर्बमा बिक्री हुन्छ भन्ने प्रश्न उठेपछि कर प्रयोजनका लागि त्यसको भ्यालु बढाएर ११ अर्ब पुर्याइयो।
अनि त्यसैका आधारमा निरजगोविन्दले दुई अर्ब ८० करोड लाभकर भूक्तानी गरे। तर कर कार्यालयले ३६ अर्बको शेयर कसरी ११ अर्ब मूल्यांकन भयो भन्दै प्रश्न मात्रै उठाएको छैन, उनीमाथि थप साढे छ अर्ब रुपैयाँ कर निर्धारणसमेत गरेको छ। यो विषयलाई लगेर निरजगोविन्द अहिले सर्वोच्च अदालत गएका छन्। तर त्यसबाट मुक्ति पाउने सम्भावना भने ज्यादै न्यून छ। सन् २०१२ मा बिक्री गरेको सेयर अहिले आएर लाभकर त्यो पनि व्याज र जरिवानासहित तिर्नुपर्ने दायित्व उनीमाथि छ।
त्यसैले काठमाडौंको आलिसान बंगलामा केही दिनका लागि शयर गर्न आउने निरजगोविन्दको अहिले काठमाडौं आउन मात्रै रोकिएको छैन। ठूलै काम लिएर आउँदा पनि अपराधी जस्तै गरेर गुपचुप आउने अनि गुपचुप हिँड्नुपर्ने अवस्था आइलागेको छ।