सामसङले आफ्ना तीन वितरकलाई किया सोनेट उपहार दियो, १० जना विजेतालाई बजाज पल्सर २२०

बिजमाण्डू
२०७९ असार १ गते १५:४८ | Jun 15, 2022
सामसङले आफ्ना तीन वितरकलाई किया सोनेट उपहार दियो, १० जना विजेतालाई बजाज पल्सर २२०



काठमाडौं। नयाँ वर्षको आगमनसँगै सामसङले संचालन गरेको ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक वितरक उपहार योजना अन्तर्गत तीन वितरकलाई कियाको सोनेट गाडी दिएको छ। 

Tata
GBIME
NLIC

भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई सामसङले सोनेट पुरस्कार दिएको छ। साथै १० जना विजेताहरुलाई बजाज पल्सर २२० एफ एबीएस बाइक पुस्कार विस्तारण गरिएको सामसङले जनाएको छ। 

यस योजनाअन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भौचर प्रदान गरिएको कम्पनीले जनाएको छ। 

योजना २०२२ अप्रिलदेखि मेसम्म संचालन गरिएको थियो। जसमा देशभर छरिएका सम्पूर्ण वितरकहरुलाई सहभागी गराइएको बताइएको छ।