ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर पश्चिम रुकुममा, १५० बढी महिलाले लिए स्त्रीरोग सेवा

बिजमाण्डू
२०७९ जेठ ३० गते १४:४७ | Jun 13, 2022
ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर पश्चिम रुकुममा, १५० बढी महिलाले लिए स्त्रीरोग  सेवा


काठमाडौं। ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ। 

Tata
GBIME
NLIC

स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले जनाएको छ। शिविरमा १५० जना भन्दा बढी महिलाहरु शिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएको बताइएको छ। 

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा आयोजना गरिएको थियो। 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।