काठमाडौं। अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर त्रिवि क्रिकेट मैदानमा उपस्थित भएका छन्।
उनी जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका तर्फबाट खेल्न त्रिवि मैदानमा उपस्थित भएका हुन्।

उनी सोमबार बिहान नेपाल आएका थिए।



काठमाडौं गोर्खाजले कर्णाली याक्यविरुद्धको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौं गोर्खाज पहिलो खेलमा जनकपुर बोल्टससँग पराजित भएको थियो।

कर्णाली याक्सले भने जनकपुर बोल्टस र विराटनगर किंग्सविरुद्धका दुवै खेल जितेको छ।










