काठमाडौं । पछिल्लो केही दिनयता घटिरहेको सुनको मूल्य आज स्थिर रहेको छ।
आज सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँको स्थिर मूल्यमा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा ४०० रुपैयाँ घटेको थियो। आइतबार सुन प्रति तोला २ लाख ९१ हजार ९०० रुपैयाँ थियो।
मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको कारोबार मूल्य आज प्रति तोला ४ हजार ४१५ रुपैयाँ निर्धारण भएको छ।सोमबार चाँदी प्रति तोला ४ हजार ४३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस ४१२३.४५ डलर रहेको छ। चाँदी प्रति औंस ६०.५३ डलर छ।









