व्यवसायी नवीन बस्नेत भक्तपुरबाट पक्राउ, पुरानो रक्तचन्दन मुद्दा फेरि ब्युँतियो

बिजमाण्डू
२०८३ असोज २४ गते ०८:१७ | Oct 10, 2026
व्यवसायी नवीन बस्नेत भक्तपुरबाट पक्राउ, पुरानो रक्तचन्दन मुद्दा फेरि ब्युँतियो


काठमाडौं। व्यवसायी नवीन बस्नेत पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार भक्तपुरबाट पक्राउ गरेको हो।

GBIME
Tata

बस्नेत पुरानो रक्तचन्दन तस्करीसम्बन्धी प्रकरणमा अनुसन्धानमा थिए। तर, तीनपुस्ते विवरण नखुलेका कारण उनलाई त्यसबेला पक्राउ गर्न सकिएको थिएन। केही दिनअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घरमा छापा मार्दा विवरण फेला परेपछि पुरानो प्रकरणमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो।

बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ। उनलाई आवश्यक अनुसन्धानका लागि वन कार्यालयमा बुझाउने तयारी गरिएको छ।

सीआईबीका एआईजी उमाशंकर चतुवेदीले तीनपुस्ते विवरण खुलेपछि पुरानो प्रकरणमा उनलाई पक्राउ गरिएको बताए। ‘तीनपुस्ते खुलेपछि पुरानो केसमा समातेका हौं,’ उनले भने।